कास्की, पुस ७ - पोखरामा १३ औं संस्करणको आहा-रारा गोल्डकप २०७१ माघको तेस्रो सातादेखि हुने भएको छ ।
सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २० देखि फागुन २ सम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा 'ए' डिभिजनका क्लबहरू, विदेशी टिमहरू, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरू र आयोजक सहारा क्लब पोखरा गरी कुल १२ टिम सहभागी हुने आयोजक संस्थाका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रतियोगितामा विजेता, उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट टिम कोच, मिडफिल्डर, गोलकिपर, फेयर प्ले, स्ट्राइकर, म्यान अफ द म्याचदेखि सर्वाधिक गोलकर्तालाई समेत नगद र ट्रफी प्रदान गरिनेछ । 'खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलुकद पर्यटनको सहरका रूपमा स्थापित गरांै' भन्ने उद्देश्यसहित हुन लागेको प्रतियोगितामा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको छ ।
अस्टे्रलियामा पनि सहारा क्लब
सहारा क्लब पोखराको शाखा अस्टे्रलियामा विस्तारका लागि अनुमति पत्र प्रदान गरेको छ । १८ वर्षदेखि अस्टे्रलियामा बस्दै आएका राजमान थकालीलाई शाखा गठनका लागि क्लबका अध्यक्ष वीरभद्र आचार्यले अनुमतिपत्र प्रदान गरेका हुन् ।

Post a Comment