About

Blogroll

Tuesday, December 30, 2014

Home » , » पूर्वराजा ज्ञानेन्द्र हात्ती महोत्सवमा, स्थानीयद्धारा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र हात्ती महोत्सवमा, स्थानीयद्धारा भव्य स्वागत



चितवन, पौष १५ । केही दिनदेखि चितवनमा रहेका पूर्वराज ज्ञानेन्द्र शाहले सोमबार सौराहमा आयोजित हात्ती महोत्सवको अवलोकन गरेका छन् । 
बुहारी हिमानी, नाती हृदयेन्द्र र छोरी प्रेरणासहित पूर्वराजा हात्ती महोत्सव अवलोकन गर्न सौराह पुगेका थिए । साढे १२ बजे सौराह पुगेका पूर्वराजपरिवार सदस्यहरुले बाघमारा चौरमा आयोजित हात्तीदौड, हात्तीका छावाको फुटबल प्रतियोगिता रुचिपूर्वक हेरेका थिए ।

पूर्वराजलाई त्यहाँ उपस्थित दर्शकहरुले भव्य स्वागत गरेका थिए भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । सो अवसरमा आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्र विष्टले पूर्वराजालाई मायाको चिनोस्वरुप हात्तीको मूर्ति प्रदान गरेका थिए । पूर्वराजाले महोत्सवमा एक घन्टा विताउनु भएको थियो ।
Share this article :

Post a Comment