चितवन , पुस २२
तपाईले आफ्ना बालबालिकाको स्वास्थ्यमा कत्तीको ख्याल गर्नुभएको छ ? स्वास्थ्य, शिक्षा, बानिवेहोरा तथा सिप विकासमा ध्यान दिनुभएको छ की छैन ? बालकालिकालाई ख्याल नगर्दा भविश्यका कर्णदार भनिने उनीहरुको सर्वाङिण विकासमा असर पुग्नसक्छ ।
भविश्यमा राम्रो मान्छे बन्ने शिप र कला भएका बालिकालिकाहरु आफ्नै अभिभावकको बेवास्ताका कारण गुणस्तरमा असर पर्नजान्छ । त्यसैले स्वास्थ्य चेतनाका लागि चितवनमा स्वस्थ बच्चा (हेल्दी बेवी) प्रतियोगिता हुन लागेको छ । चितवन महोत्सवको अवसरमा यसरी विल्कुलै नयाँ कार्यक्रम गर्न लागिएको हो । अन्य क्षेत्रमा कार्यक्रम भएपनि महोत्सव ईतिहासमै संभवत यो पहिलो प्रतियोगिता हुन सक्ने महोत्सवको स्वास्थ्य समितिका संयोजक राजेन्द्र ओलीले बताए ।
महोत्सवकै कार्यक्रम अन्तरगत निको बाल अस्पताल भरतपुरको सहयोगमा हुन लागेको प्रतियोगिताका लागि मंगलबारसम्म १८ जनाले नाम दर्ता गराएको उवासंघ चितवनका कार्यक्रम अधिकृत दिपक विष्टले बताए ।
यही पुस २९ गते उद्योग बाणिज्य संघको सभाहलमा हुन लागेको प्रतियोगिताले बालबालिकाको स्वास्थ्य चेतनामा बृद्धि हुने विश्वास लिईएको छ । ‘यो महोत्सवकै नयाँ र चेतनामुलक कार्यक्रम हो,’ स्टेरिंग कमिटिका सदस्य सचिव तथा उवासंघ चितवनका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले भने ।
चिकित्सकका अनुसार पछिल्लो समयमा जङ्क फूड र परिवारको वेवास्ताले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । विशेष गरी शहरमा मोटा र पहाडमा कुपोषणका बच्चा देखिने गरेका छन् । ‘केही समुदायले मोटो बच्चा राम्रो मानेको पाईयो , तर यो विल्कुलै गलत हो निको बाल अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा रविन बानियाले बताए । उनकै नेतृत्वमा प्रतियोगिताका लागि बच्चाको परिक्षणमा स्वास्थ्य टोली परिचालन हुँदै छन् ।
५० जना सहभागि गराउने प्रतिष्पर्धामा ३ देखि ६बर्षका बालकालिका सहभागि हुन्छन् । प्रतिष्पर्धाका विजेतालाई आकर्षक पुरस्कारको समेत व्यबस्था गरिएको छ । व्यस्तताका कारण अहिले आफ्ना बालबालिकालाई ख्याल गर्ने मानिसहरुको संख्या घट्दो छ । स्कुल गएका बालबालिकालाई तयारी खानेकुरा (जंकफुड) दिने प्रचलन बढिरहेको छ । यस्ता गतिविधि निरुत्साहित गर्नु कार्यक्रमको मुल उद्देश्य भएको स्वास्थ्य समिति संयोजक ओलीले बताए ।
प्रतियोगितामा बालबालिकाको स्वास्थ्य , उमेर अनुसारको तौल ,उचाई , दाँत , खानाको गुणस्तर ,मोटो पातलो , शिप ,शिक्षा लगायतलाई आधार मानिने डा बानियाले बताए । सामान्यतया बालिकालिका जन्मेको बेलाको तौल ५ महिनामा दोव्बर हुन्छ । दुई बर्षमा तौल ४ गुणा बढ्छ ।
५ बर्षमा १५ केजी तौल हुनु उत्तम हुन्छ । ६ बर्षमा १८ , ७ बर्षमा २१ र ८ बर्षमा २८ केजी तौल राम्रो भएको डा बानियाले बताए । यस्ता विषयहरुमा अभिभावकले ख्याल गरुन् भनेर चेतना दिन कार्यक्रम गरिएको चितवन महोत्सव आयोजक समितिले जनाएको छ ।

Post a Comment