About

Blogroll

Tuesday, January 6, 2015

Home » , » कालिकोटमानिःशुल्क मुटुरोग स्वास्थ्यशिविर सञ्चालन

कालिकोटमानिःशुल्क मुटुरोग स्वास्थ्यशिविर सञ्चालन


काठमाडौं, २२ पुस । कालिकोटको सदरमुकाम मान्मामा निःशुल्क मुटु शिविर सञ्चालन भएको छ ।

 सेभ द चिल्ड्रेन र जिल्ला स्वास्थ्यकार्यालय कालिकोटको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्तशिविरमा त्रि.वि. शिक्षण अस्पताल मनमोहन कार्डियो भ्यास्लुकर एण्ड थोरासिस सेन्टरका कार्डियो भ्यास्कुलर सर्जन डा. अनिल भट्टराई र ईटालीबाट आएको डाक्टरको टोली सहभागी छन्।
शिविरमा डा. अनिल भट्टराई, डा. जुलियानो जुस्ती, डा. विभूषणा श्रेष्ठ र स्थानीय डाक्टरहरुले विरामीको परिक्षण गरेका छन् । डा. अनिल भट्टराईलेअहिलेसम्मकरिव ५ सय जनाविरामीको परिक्षण भएको जानकारी दिएका छन् । उनकाअनुसार १२ जनाविरामीको मुटुको तत्कालै शल्यक्रियागर्नुपर्ने अवस्था रहेको छ । साथै शिविरमाअहिलेसम्मकरिव दुई सय जनाविरामीको ई.सी.जीतथा७१ जनाको ईकोकार्डियोग्राफीगरिएको छ ।
कालिकोटका स्थानीयविकास अधिकारीको सभापतित्वमा र प्रमुख जिल्लाअधिकारीको प्रमुख आतिथ्यमा उक्तशिविरको उद्घाटन भएको हो । शिविर उद्घाटनमा जिल्लाकालिकोटका कार्यवाहकजिल्ला स्वास्थयअधिकारी डा. ललितशाहीले स्वागतमन्तव्य राखेकाथिए ।
शिविर भोलीसम्म सञ्चालनहुने पनि डा. भट्टराईले जानकारी दिएका छन् ।

Share this article :

Post a Comment