About

Blogroll

Tuesday, January 6, 2015

Home » » हाम्रो कारणले खाना पकाउने ग्यासको अभाव भएको होईनः निगम निर्देशक

हाम्रो कारणले खाना पकाउने ग्यासको अभाव भएको होईनः निगम निर्देशक

काठमाडौ, २२ पुस । नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोईतले  पछिल्लो समयमा बजारमा देखिएको ग्यासको अभाव निगमको कारण नभएको दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा निर्देशक गोईतले भारतले पहिला नै रिफाईनरी मर्मतको लागि बन्द हुने जानकारी दिएकोले अभावमा आफूहरुको हात नभएको स्पष्ट पारेका छन् । 

उनले डिसेम्बर महिनामा २५ हजार मेट्रिक टन ग्यास माग रहेकोमा १८ हजार ८ सय ८६ मेट्रिक टनमात्रै ग्यास आएकोले बजारमा अभाव देखिएको भन्दै आगामि एकसाताभित्र अभाव हट्ने विश्वास ब्यक्त गरे ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बरौनी रिफाईनरी  मर्मतको क्रममा बन्द भएकोले बजारमा ग्यासको अभाव भएको भए पनि अभावमा डिलरहरुको समेत बदमासी रहेको आरोप लगाए । उनले डिलरहरुले क्षमता भन्दा बढी ग्याँस राखेर अभाव सृजना गरेको भन्दै डिलहरुको प्रमाणिकरण र अनुगमन हुनुपर्ने धारणा राखे ।
अर्यालले राज्य ग्यासको आपूर्ति गर्न असफल भएको भन्दै यस्तै अवस्थामा आगमि माघ महिनासम्म बजारमा अभाव कायम रहने अनुमान ब्यक्त गरे । नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सहज आपूर्ति गर्न नसकेसम्म एक वर्षमा पनि ग्यासको आपूर्ति सहज नहुने भन्दै सरकारकै कारण अभाव सृजना भएको आरोप लगाए ।
उनले अहिलेसम्म मागको ४० प्रतिसतमात्रै आपूर्ति भएको भन्दै अनुगमनको नाममा ग्यास सहज गर्न नसकिने बतए । उनले भने–‘यो उपभोक्तालाई अल्मल्याउने खेलमात्रै हो । राष्ट्रिय उपभोक्ता हित मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले समाजमा ग्यास निर्विकल्प साधन भईसकेकोले कडा अनुगमन गरेर सहज बनाउनु पर्ने भन्दै अहिले आयल निगमकै कारण अभाव भएको आरोप लगाए । ग्यास उपभोक्ता महासंघका महासचिव चन्द्रबहादुर थापाले आपूर्ति नबढाएसम्म समाधान नहुने भन्दै बजारमा ग्यासको कालाबजारी भएको दावी गरे । उनले भने–सानालाई कारवाही गर्ने र ठूलालाई छाड्ने क्रम नरोकेसम्म अनुगमनको औचित्य छैन ।
Share this article :

Post a Comment