काठमाडौं । ५ दिने ‘आर्थिक सम्बृद्धि–राष्ट्रिय वहस’ आरम्भ भएको छ । आर्थिक क्षेत्रका विज्ञ, निजी क्षेत्रका हस्तीहरु र सम्वद्ध उच्च सरकारी अधिकारीहरु एकै सभामा भेला भएका छन् । काठमाडौंको मिडिया इन्टरनेश्नलमा सुरु भएको वहसको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवि नेपालले औपचारिक उद्घाटन गरे ।

अर्थमन्त्रालयका सहसचिव तथा बजेट महाशाखाका प्रमुख डा. वैकुण्ठ अर्यालले मुलुकको विकासमा भइरहेको खर्चका सम्वन्धमा विभिन्न मन्त्रालयहरुमा छलफल भइरहेको जानकारी दिए । मुलुकमा पुँजी जुटाउन सरकार र निजी क्षेत्र दुवैको सुस्तता भएको उल्लेख गर्दै अर्यालले पुँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा आएर मात्र खर्च हुने प्रबृत्ति हटाउन सरकार लागि परेको बताए । मुलुकमा भित्रिने गरेको अधिकांश रेमिट्यान्स उपभोगमै खर्च हुने गरेकाले रेमिट्यान्स पुँजीमा रुपान्तरण हुननसकेको भन्दै अर्यालले भने ‘वर्षेनी ५४३ अर्ब रेमिट्यान्स मुलुकमा भित्रिन्छ, जुन सम्पूर्ण बजेटको आकारभन्दा पनि ठूलो छ, त्यसलाई पुँजीमा रुपान्तरण हुने गरी सरकारले कार्यक्रम ल्याउनु आवश्यक छ ।’ केही युवाहरुले गाउँमा गएर कृषि काम मार्फत रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरे पनि त्यसप्रति उनीहरुलाई हौसला नमिलेको अर्यालको भनाई छ । सरकार निजी क्षेत्रको गुनासो सुनेर अघि बढ्न तयार रहेको भन्दै उनले थपे ‘तपाईको उद्यमलाई सहजीकरण गर्न सरकार सधैं तयार छ, वातावरण सहजीकरण गराउने जिम्मा सरकारकै हो ।’
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग व्यवसायलाई सक्षम बनाउनका लागि सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले वर्तमान राजनीतिक संक्रमणकाल अन्त्य गर्न सकेमा मात्रै पनि उद्योग व्यवसायीहरुमा हौसला मिल्ने श्रेष्ठले बताए । पछिल्लो पटक सरकारले उद्योग विस्तारका लागि कम चासो दिएको भन्दै उनले प्रयाप्त बजेटको अभावले गर्दा उद्योगधन्दा विस्तार हुन नसक्नु मुलुककै लागि चुनौतिपूर्ण रहेको बताए ।
लगानीकर्ताहरुलाई उनीहरुको लगानीप्रति सरकारले कम्तीमा २५ प्रतिशत सुनिश्चित गराउन सकेमा मुलुकमा निजी क्षेत्रबाटै लगानी बढ्ने प्रतिबद्धता जनाए । औधोगिक नीतिहरु अत्यन्त झण्झटिलो भएको भन्दै श्रेष्ठले औधोगिक नीतिलाई सहज बनाउनका लागि सरकारले तुरुन्त पहल थाल्नुपर्ने टिप्पणी गरे । उपाध्यक्ष श्रेष्ठले भने ‘एउटा सानो उद्योगका लागि पनि दर्तादेखि सञ्चालन गर्दासम्म धेरै ठाउँ धाउनुपर्छ, अर्कोतर्फ सरकारी काम उस्तै छ, धाउँदा धाउँदा लगानी गर्ने भनिएको पुँजी पनि सिद्धिसक्छ ।’
राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले सौहाद्र्ध रुपमा व्यवसाय सञ्चालन गर्नका लागि समय समयमा मुलुकको अर्थतन्त्र डोहो¥याएका हस्तीहरुसँग छलफल हुनुपर्नेमा जोड दिए । बढ्दो राजनीतिक संक्रमणले व्यसायिक क्षेत्रमा प्रगति हुन नसकेको भन्दै उनले यसप्रति दलहरु गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले सरकारले युवाहरुलाई स्वदेशमै व्यवसायमा प्रोत्साहन गराउन सरकारले नसकेको टिप्पणी गरे । उनले भने ‘नवीन विचार कोष’लाई सञ्चालन गर्न त अर्थ मन्त्रालयले पैसा दिएन भन्ने कुरा सुन्नमा आएको छ, भने सरकारले के नै गर्न सकेको छ त ?’
युवाहरुलाई विदेश पठाउन सरकारले नै दवाव दिएको टिप्पणी गर्दै उनले थपे ‘युवाहरुलाई विदेशमा नगई स्वदेशमै काम गराउन सरकारले के गर्न सकेको छ, व्यवहारिक रुपमा ?’ राजनीतिक आस्थाका आधारमा १÷२ जनालाई जागिर दिने कामबाहेक अन्य औधोगिक विकास क्षेत्रमा केही पनि गर्न नसकेको उनले बताए ।
Post a Comment