चितवन पुस २३,
चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको तयारी पुरा भएको छ । यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन लागेको महोत्सवको तयारी पुरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । आज बुधबार भएको मुल समितिको बैठकका सबै तयारी पुरा भएको जानकारी दिंदै आआफ्नो जिम्मेवारी पुरा गर्न कार्यगत समितिलाई निर्देशन समेत दिएको छ ।
यसपटक प्रदर्शकको चापका कारण महोत्सवमा स्टल थपेर ४९० पुर्याईएकाले विगत भन्दा भव्य हुने संयोजक जोशीले बताए । नयाँ टुर प्याकेज सहितका कार्यक्रम, हेल्दी वेवी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत भएको तथा महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने भएकाले यसपटक महोत्सवको रौनक बढ्ने आयोजकले जनाएको छ ।

आज बुधबार नारायणी नदीमा सभासद सहितको टोलीले र्याफ्टिंगको परिक्षण समेत गरेको छ । महोत्सवलाई उच्च स्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले बताए । उद्योग बाणिज्य संघ चितवन ,जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका , रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
यसपटक महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ स्टल राखिएको छ । ६ विशेष सहित अन्यमा वैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैंरसरकारी संस्थाहरु, महिलासमुह चितवनमा आधारित उद्योगहरुका स्टल रहेको मुल आयोजक समितिले जनाएको छ । चितवनको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमी सहित विशेष प्रदर्शन गर्न लागिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए । यसबर्ष पर्यटन र उत्पादित सामाग्रीको गुणस्तर व्यवस्थापन, पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार हुने तथा आर्थिक विकासमा जिल्लाका सभासदहरुसँग अन्तरक्रिया समेत हुने भएको गोष्ठि संयोजक डा तीलचन्द्र भट्टराईले बताए । २९ गते ‘हेल्दी वेवी’ प्रतियोगिता ,माघ ३ र ४ गते तिसा ज्वेल्स एण्ड डायमण्स्को विशेष प्रदर्शन गरिने आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले बताए ।
महोत्सव अवधीमा फुड फेष्टिवल , खेलकुद ,र्याफ्टिंग , मोटरवोट , आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन , दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम , कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना हुने छन् । महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने छ । महोत्सवको पहिलो र दोस्रो दिन महोत्सवस्थल माथिको आकासमा पाराव्याटिक्स सो गरिने छ । २० करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवमा सर्बसाधारणलाई ५० र विद्यार्थीलाई२५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । महोत्सवको आम्दानी नदी संरक्षणमा खर्च गरिने छ ।
Post a Comment