About

Blogroll

Wednesday, January 7, 2015

Home » » बृहत साईकल र्याली सम्पन्न, विहिबार म्याराथुन दौड प्रतियोगिता

बृहत साईकल र्याली सम्पन्न, विहिबार म्याराथुन दौड प्रतियोगिता


चितवन २३ पुस ।
चितवन महोत्सवको प्रचार एवं साईकलको प्रवद्र्धनका लागि आज बुधबार चितवनमा बृहत साईकल र्याली सम्पन्न भएको छ । चितवन महोत्सव परिसरबाट निकालिएको साइकल र्याली भरतपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्र घुमेर उद्योग बाणिज्य संघ चिवतनमा आई समापन भएको थियो । पुस २५ देखि शुरुहुन लागेको चितवन महोत्सवको प्रचारप्रसारका लागि र्याली निकालिएको महोत्सव स्टेरिंग कमिटिका सदस्य सचिव एवं र्याली संयोजक सहनलाल प्रधानले जानकारी दिए । र्यालीमा एकसय बढी प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
चितवन साईकल व्यवसायी संघको सहयोगमा विहान महोत्सव परिसरबाट शुरु भएको र्याली लिलाचोक, प्रगतिपथ, मिलनरोडबाट पुलचोक निस्किएर पोखराबसपार्क, आँपटारी हुँदै हामिकचोक ,चौविसकोठी , शहिदचोकबाट पुन महोत्सव सचिवालयमा पुगेर टुंगिएको थियो । र्यालीको उद्योग बाणिज्य संघका संस्थापक सचिव एवं पुर्व अध्यक्ष ७९ बर्षिय कृष्णवन्धु पियाबाट उद्घाटन गरिएको थियो । र्यालीको उद्घाटनका क्रममा बोल्दै महोत्सव मुल समितिका संयोजक कल्याण जोशीले महोत्सवको प्रचारसँगै साईकल चढ्नु स्वास्थ्यका लागि पनि फाईदा भएकाले यसको प्रवद्र्धनका लागि कार्यक्रम गरिएको बताए ।
यसैविच भोली विहिवार चितवनमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । संयोजक जोशीका अनुसार महोत्सवकै प्रचारका लागि दौड प्रतियोगिता आयोजना गरिएको हो । विहान ८ बजे महोत्सव परिसरबाट शुरु हुने दौड पुलचोक ,चौविसकोठी , मालपोत चोक हुँदै प्रहरी तालिमकेन्द्रबाट घुमेर महोत्सव परिसरमा पुगी समापन गरिने जोशीले जानकारी दिए । दौडका विजेतालाई महोत्सव आयोजक समितिले पुरस्कार समेत प्रदान गर्ने जनाईएको छ ।

सुचना:

भोली विहिवार पुस २४ गते चितवन महोत्सवको प्रचारप्रसारका लागि बृहत म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएकाले समाचार संकलनका लागि उपस्थित हुन संपूर्ण पत्रकारहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

स्थान: उद्योग बाणिज्य संघ चितवन
समय: विहान ८ बजे
 चितवन महोत्सव मुल आयोजक समिति
Share this article :

Post a Comment