About

Blogroll

Friday, December 26, 2014

Home » , » कोष्टाको गोलमा चेल्सीलाई ६ अंकको अग्रता

कोष्टाको गोलमा चेल्सीलाई ६ अंकको अग्रता

११ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले ६ अंकको अग्रता कायम गरेको छ । शुक्रबार राति भएको खेलमा चेल्सीले वेष्टहृयामलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
चेल्सीले ३१ औं मिनेटमा जोन टेरीको गोलबाट अग्रता लियो । उनले डिएगो कोष्टाको पासमा क्लोज रेन्जबाट गोल गरेका हुन् ।
त्यसअघि ओस्कार र ग्यारी काहिलको राम्रो गोल प्रयास वेष्टहृयामका गोलकिपरले असफल पारेका थिए ।
पहिलो हाफको अन्तिममा खेलमा केही तनाव देखियो । इभानोभिचलाई एण्डी क्यारोलले फल गरेपछि खेलाडीहरु प्रतिवादमा उत्रिए । तर, रेफ्रीले इभानोभिचको पेनाल्टी अपिललाई अस्वीकार गरे ।
खेलको ६२ औं मिनेटमा डिएगो कोष्टाले उत्कृष्ट गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।
जितपछि चेल्सीको १८ खेलबाट ४५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटी ३९ अंक छ र उसले एक खेल कम खेलेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/12/222371/#sthash.GYL5m0XT.dpuf
Share this article :

Post a Comment