About

Blogroll

Friday, December 26, 2014

Home » » आजदेखि हात्ती महोत्सव

आजदेखि हात्ती महोत्सव

सौराहा, पुस १२ - पर्यटकीय केन्द्र सौराहाको चिनारी ११ औं चितवन हात्ती महोत्सव शुक्रबार सुरु भएको छ। महोत्सवअन्तर्गत हात्ती दौड र छावाको फुटबल भइरहेको छ। वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले सिठ्ठी बजाएर दौडको सुरुवात गरेका थिए। पहिलो दिन समय अभावले पहिलो चरणका दौड भएका थिए।
पहिलो चरणअन्तर्गत १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए। जसबाट ६ हात्ती दोस्रो चरण प्रवेश गरेका छन्। क्षेत्रीय होटल संघका सचिव दामोदर रेग्मीका अनुसार दौडबाट ब्लु प्लानेट जर्मनीको एकता कली, सिने म्याक्सको जानकी कली र हिमालयन इन्काउन्टरको चम्पा कली अघिल्लो चरण प्रवेश गरेका छन्। त्यस्तै अल्ट्रालाइट पोखराको मारुती कली, नेपाल सोसियल ट्रेकको जुन कली र अन्नपूर्ण पोस्टको ववकिन विजयी भए। पहिलो चरणबाट ४ वटा टिम बाहिरिएका छन्।
अग्नि ग्रुपको बमबुज कली र मनकामना दर्शनको पवन कली, एनआरएनए जापानको राम कली र चितवन निकुञ्जको पूजा बाहिरिएका हुन्। प्रतियोगितामा ५ विदेशी र १५ नेपाली टिम सहभागी छन्। हात्ती दौड हेर्न घरेलु तथा विदेशी दर्शकको भीड लागेको थियो।
Share this article :

Post a Comment