About

Blogroll

Sunday, December 28, 2014

Home » » एयर एसियाको विमान समुन्द्रमा खसेको प्रारम्भिक अनुमान

एयर एसियाको विमान समुन्द्रमा खसेको प्रारम्भिक अनुमान

काठमाडौं, पौष १४ । एयर एसियाको विमान समुन्द्रमा खसेर वेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । १ सय ६२ व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा सम्पर्कविहीन भएको विमानको कुनै सुईंको पाउन नसकेपनि खराब मौसमका कारण गएराति स्थगित खोजी आज विहानैबाट फेरि थालिएको छ ।
विमानको खोज्न इण्डोनेशिया, मलेशिया र सिंगापुरका सैनिक जहाज र विमानहरु जुटेका छन् । जाभा समुन्द्रमाथिको आकाशमा रहँदा सम्पर्कविच्छेद भएकाले सेनाले त्यही क्षेत्रमा खोजी केन्द्रित छ । इन्डोनेसियाको सुराबाया शहरबाट चालक दलका सात सदस्यसहित १ सय ५५ यात्रु बोकेर उडेको क्यूजेड ८५०१ नामक विमान हिजो विहानदेखि सम्पर्कविहीन भएको हो ।

विमानमा दक्षिण कोरियाका तीन, बेलायत, फ्रान्स, मलेशिया र सिंगापुरका एक-एक जनाबाहेक अरु सबै १५५ जना इण्डोनेसियाली नागरिक थिए । मलेशियन वायु सेवा कम्पनी एअर एशियाको योसहित मलेशियाले यसै वर्षमात्र यस्ता तीन ठूला विमान दुर्घटनाको सामना गर्नुपरेको छ । यसअघि मलेशिया विमानको एमएच ३७० र एमएच १७ विमान दुर्घटनामा परेको थियो ।

यसै वर्षको मार्चमा २३९ यात्रु बोकेर क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ जाँदै गरेको एमएच ३७० बाटोमै हराएको थियो भने एमएच १७ लाई यूक्रेनका बिद्रोहीले झारिदिँदा २९८ जना मारिएका थिए ।
Share this article :

Post a Comment