About

Blogroll

Monday, December 29, 2014

Home » » हराएको एयर एसियाको जहाज समुद्रमा यस्तो अबस्थामा दुर्घटना भएको आशंका

हराएको एयर एसियाको जहाज समुद्रमा यस्तो अबस्थामा दुर्घटना भएको आशंका

इण्डोनेसियाका अधिकारीहरुले आइतबार देखि हराइरहेको एयर एसियाको QZ8501 विमान समुन्द्रको पिँदमा रहेको हुन सक्ने बताएका छन् । १६२ जना सवार उक्त विमान समुन्द्रको पिँदमा हुन सक्ने सम्भावना रहेको बताएपनि त्यसको पुष्टी हुन बाँकि रहेको उनीहरुको भनाइ छ ।विमान कहाँ गयो र के भयो भन्ने कुरा प्रष्ट नभएपनि विमाहराएको न समुन्द्रमा दुर्घटना भएको अनुमान अधिकारीहरुको छ।
विमान उडेको स्थान सुरावायाका अधिकारीहरुले जाभा समुन्द्रमा विमान खसेको अनुमान गरेका छन् । विमानको अवस्था थाहा नभएका कारण विमानमा रहेकाहरुका आफन्तहरु आक्रान्त भएका छन् ।

इण्डोनेसियाको सुरावायाबाट सिंगापुर जाँदै गरेको उक्त विमान उडेको केही छिनमा वेपत्ता भएको थियो । विमानका चालकले मौषम खराव रहेको जानकारी एक पटक दिएको भएपनि यसबाट आकस्मिक वा कुनै उद्दारका लागि आग्रह गरिएको थिएन ।यसअघि उद्धार तथा खोजी कार्य केही समयका लागि स्थगित गरिएको थियो । उद्धार तथा खोजी कार्यमा इण्डोनेसियाले विभिन्न तीनवटा विमानस्थलहरुबाट सैनिक जहाजहरु परिचालन गरेको छ ।

हराईरहेको विमानको खोजी तीन हजार पाँच सय माइल क्षेत्रमा गरिने अधिकारीहरुले बताएका छन् । सैनिक जहाजहरुले ६ देखि १२ घण्टासम्म उक्त क्षेत्रमा खोजी गर्ने र त्यसबाहेक विमान हराएको क्षेत्रदेखि उत्तरी र पूर्वी क्षेत्रमा पनि खोजी गर्नेछन्।अधिकारीहरुका अनुसार अहिले भने जाभा समुद्रको बेलिटुंग द्वीप क्षेत्रमा खोजी कार्य केन्द्रित गरिएको छ ।
Share this article :

Post a Comment