About

Blogroll

Monday, December 29, 2014

Home » » आगलागी भएको पानीजहाजमा २४५ बढी यात्रु उद्धारको पर्खाइमा, ५ को मृत्यु

आगलागी भएको पानीजहाजमा २४५ बढी यात्रु उद्धारको पर्खाइमा, ५ को मृत्यु

    काठमाडौं, पौष १४ । ग्रीसको कोर्फु द्धीप नजिकै आगलागीमा परेको पानीजहाजमा सवार ५ यात्रुको मृत्यु भएको छ । ज्यान बचाउन जहाजबाट फालहाल्दा एकजनाको मृत्यु भएको र अर्को ४ जनाको शव समुद्रमा तैरिएको अवस्थामा फेला परेको छ । अझै दुई सय ४५ भन्दा बढी यात्रु उद्धारको पर्खाइमा रहेका छन् । ४ सय ७८ यात्रु बोकेको नोरम्यान एटलान्टिक नामक इटालियन जहाजमा आइतबार आगलागी भएको थियो । तीव्र गतिको हावा–हुरीकैबीच जहाजमा फसेका करिब दुई सयलाई उद्धार गरिएको जनाइएको छ ।

पानीजहाजको ‘कार डेक’मा लागेको आगो विस्तारै–विस्तारै पूरै जहाजमा फैलँदै गएकाले यात्रुहरु त्रसित बनेका छन् । एक यात्रीले आफूहरु ‘जलेरै मर्ने अवस्थामा आइपुगेको र साससमेत फेर्न गाह्रो परिरहेको’ भन्दै परिवारलाई फोन गरेका छन् ।

प्रतिघन्टा सय किलोमिटरभन्दा बढीको गतिमा हावा चलिरहेकाले उद्धारमा समस्या भएको बीबीसीले जनाएको छ । इटाली र ग्रीसका अग्निनियन्त्रकले आगलागी नियन्त्रण र उद्धारको काम गरिरहेका छन् ।  जहाजको कार पार्किङ क्षेत्रबाट आगलागी सुरु भएको थियो । जहाजभित्र रहेका यात्रुले टेलिफोन गरेर परिवारजनलाई आगलागीको खबर सुनाएका थिए ।
Share this article :

Post a Comment