About

Blogroll

Monday, December 29, 2014

Home » » नेपाल हिन्दु राष्ट्र भैसक्यो - कमल थापा

नेपाल हिन्दु राष्ट्र भैसक्यो - कमल थापा

१४ पुस, धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल हिन्दु राज्य घोषणा भैसकेको बताएका छन् । त्यसलाई औपचारिकता दिन मात्रै बाँकी रहेको थापाको भनाइ छ । मेची-महाकाली रथयात्राको छैठौं दिन सोमबार कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष थापाले भने- ‘मेचीदेखि सुरु भएको रथयात्राको क्रममा लाखौं जनताले दिएको साथ र समर्थनबाट नेपाल हिन्दु राज्य भैसक्यो, अब प्राविधिक रुपमा मिलाउन मात्रै बाँकी छ ।’

उनले मुख्य तीन दलको निर्णयबाट मात्रै देश चलाउन खोजिएको र अरु दललाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । धनगढीको सभापछि रथयात्रा सोमबार साँझ कन्चनपुरको महेन्द्रनगर पुगेको छ । त्यहाँको सभालाई पनि थापाले सम्वोधन गरेका छन् । सोमबार विहान बाँकेको नेपालगन्जबाट रथयात्रा अघि बढेको थियो । 
नेपाललाई सनातन हिन्दु राज्य घोषणा गर्न दवाव दिने उद्देश्यले ९ पुसबाट झापाबाट रथयात्रा सुरु भएको थियो । हालसम्म ७४ स्थानमा रथयात्रा सम्पन्न भैसकेको राप्रपा नेपालले जनाएको छ । कन्चनपुरबाट रुपन्देहीको बुटवल फर्किएर पाल्पा, स्याङ्जा, पोखरा लगायतका जिल्लाहरुमा रथयात्रा गरिने राप्रपा नेपालले जनाएको छ । आउँदो १७ गते काठमाडौं आइपुगेर १८ गते खुलामन्चमा जनसभा गरी रथयात्रा समापन गर्ने कार्यक्रम तय गरिएको छ ।
Share this article :

Post a Comment