About

Blogroll

Monday, December 29, 2014

Home » , » पोखरा सडक महोत्सव सुरु

पोखरा सडक महोत्सव सुरु


कास्की, पुस १४ - 'सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं' भन्ने अभियानसहित १६ औं संस्करणको सडक महोत्सव आइतबार यहाँ सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै भारतीय राजदूत रन्जित रेले सुन्दर सहरमा बर्सेनि आयोजना हुने महोत्सवले पर्यटनसँगै संस्कृतिलाई जोड्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । 
 रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले अंग्रेजी नयाँ वर्षलाई स्वागतका लागि आयोजित महोत्सवको उद्घाटनअघि खहरे डिहिकोपाटनदेखि फिस्टेल गेटसम्म तीन किमिसम्म पन्चेबाजा सहितको झाँकीमा राजदूत रे पनि पैदल हिँडेका थिए । 

रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवाल, सभासद रवीन्द्र अधिकारी, पर्यटन बोर्डका कार्यकारी सदस्य टीका सापकोटा, रेवान पोखरा अध्यक्ष गोपी भट्टराई, संयोजक चौबहादुर गुरुङले महोत्सवले देशविदेशका पर्यटक तान्ने काम गरिरहेको जानकारी दिए ।
पाँच दिनसम्म लेकसाइड क्षेत्रमा हुने महोत्सवका अवसरमा सडकका पेटीमा सबै रेष्टुराँ निकालिएका छन् । यसअघि सडकमै उतारिए पनि पैदल यात्रुलाई समस्या भएपछि पेटीमा राखिएका हुन् ।
Share this article :

Post a Comment