काठमाडौ, पुस ९ -
संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले विवादित विषयमा दलहरुबीच भए
नियम र कार्यतालिकालाई निलम्बन गरेर भएपनि माघ-८ संविधान ल्याउन सकिने
बताएका छन् । कार्यतालिकाले निर्धारित मितिमा संविधान ल्याउन अप्ठ्यारो
पार्ने कुरा उठिरहेको बेला नेम्वाङले सहमित भए त्यो सम्भव भएको बताएका हुन्
।
मिल्दा जेपनि गर्न तयार हुने र नमिल्दा सानो सानो कुरामा विवाद झिक्ने शीर्ष नेताहरुको प्रवृतिप्रति कटाक्ष गर्दै उनले भने-' हात्तीको बिचमा माया प्रिति वा झगडा हुँदा अप्ठ्यारो जंगललाई नै हुने हो ।' राष्ट्र निर्माणमा मिडियाको भूमिका विषयमा नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको कार्यक्रममा नेम्वाङले मिल्दा जनमुक्ति सेनालाई शिविरमा राखेर संविधानसभाको चुनाव गर्न सक्ने र नमिल्दा शिविरमा जनमुक्ति सेना देखाएर संविधानमा सहमति नगर्ने नेताहरुको प्रवृति देखिएको उनको भनाई थियो । त्यस्तै विवादले अघिल्लो संविधानसभा संविधान जारी नगरी विघटन हुनुपरेको उनले सुनाए ।
'कानुन व्यवसायीदेखि धेरै तिरबाट विधिले दिंदैन भनेर बिरोध भइरहँदा पनि प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाउन तयार हुने हाम्रा नेताहरु कुरा नमिलेको बेला तपसिल कि अनुसूची भन्नेमा विवाद झिकेर बसेका छन्,' उनले भने- 'दलहरुबीच तिक्तता बढेको छ । २/४ घण्टा पर्खन सक्ने नेताहरु अहिले एकछिन पनि कसैलाई कुर्न सक्नुहुन्न ।'
दलहरुबीचको छलफलले गति लिननसकेकोमा असन्तुष्टि पोख्दै उनले भने-'छलफलमा नेताहरु बस्नुहुन्छ । किन ३ मात्रै ४ दल किन भएन भन्दै कोही जुरुक्क उठ्नुहन्छ । फेरि साँझ एउटा नेता आउनुहुन्न । सबै उठ्नुहुन्छ ।' उनले नेताहरुलाई मिल्नलाई आग्रह गरे । उनले सहमति र सहकार्यबाट मुलुकलाई यहाँसम्म ल्याउन सक्ने नेताहरुलाई अविश्वास गर्न नसकिन बताए ।

Post a Comment