About

Blogroll

Thursday, December 25, 2014

Home » » गढीमाईमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गयो

गढीमाईमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गयो

बारा, पुस १० - पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको गढीमाईमा सवारी साधन दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । गढीमाई नगरपालिकामा पर्ने १६ किलोमिटरको जंगलमा बसले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय निजगडले जनाएको छ ।
पतलैयाबाट निजगड जाँदै गरेको ना १२ प २१५० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ३१० नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विरगञ्ज उपमहानगरपालिकाका २५ वर्षका रविन्द्र गुप्ता र २७ वर्षका सन्तोष यादवको ज्यान गएको हो । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय निजगडमा राखिएको छ ।
Share this article :

Post a Comment