About

Blogroll

Tuesday, January 13, 2015

Home » » चितवन महोत्सव - स्लो साईकल रेश प्रतियोगिता

चितवन महोत्सव - स्लो साईकल रेश प्रतियोगिता

स्लो साईकल रेसमा नारायण विजयी

 चितवन २९ पुस ।
१० औं चितवन महोत्सवको अवसरमा महोत्सव परिसरमा स्लो साईकल रेश प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा ६५ प्रतियोगिलाई उछिन्दै नारायण घताने प्रथम भएका छन् । चितवन साईकल व्यवसायी संघको सहयोग तथा महोत्सवको खेलकुद समितिको आयोजनामा भएको रेसमा भरत पोख्रेल दोस्रो र दिलिप पौडेल तेस्रो हुन सफल भए । प्रतियोगितामा जनक पौडेलले सान्त्वना स्थान हासिल गरेको महोत्सवको खेलकुद  समितिका संयोजक केशवराज पाठकले जानकारी दिए । स्लो साईकल रेसको विश्व साईकल यात्री पुष्कर शाहले उद्घाटन गरेका थिए । 
उनले साईकल चलाउनु स्वास्थ्यका लागि समेत फाईदा भएको भन्दै दिनमा केही समय साईकल चलाउनै पर्ने बताए । रेस प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै मुल आयोजक समितिका संयोजक कल्याण जोशीले साईकल चलाउन किन आवश्यक छ भनेर चेतना दिन कार्यक्रम गरिएको जानकारी दिए । चितवन साईकल व्यवसायी संघका अध्यक्ष हरिभक्त पौडेलले विलासी मानिसहरुको संख्या बढ्दै गएकाले साईकलको महत्व हराउँदै गएको भनदै साईकल चलाउनु आफैंका लागि पनि राम्रो हुने बताए । रेसमा ६५ जनाको सहभागिता रहेको थियो । महोत्सव परिसरमा भएको कार्यक्रमका विजेताहरुलाई साईकल व्यवसायी संघले तह अनुसारको साईकल प्रदान गरेको आयोजकले जनाएको छ । कार्यक्रम महोत्सवको खेलकुदसमितिका संयोजक केशवराज पाठककको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सव अन्तरगत यसअघि साईकल दौड ,सडक दौड र डुंगा दौड सम्पन्न भैसकेको छ । महोत्सवको आज पाँचौं दिन दर्शकको भिड बढ्दो रहेको छ । आज दिनभर नै महोत्सवमा दर्शकहरुको भिड लागेको आयोजकल े जनाएको छ ।आजदेखि खाना महोत्सव समेत हुन लागेकाले रौनक थपिएको छ ।
Share this article :

Post a Comment