About

Blogroll

Tuesday, January 13, 2015

Home » » समतालाई पुस्तकालय सामग्री र विद्यार्थीलाई जुत्ता

समतालाई पुस्तकालय सामग्री र विद्यार्थीलाई जुत्ता

पुस २९ पर्सा,
वीरगंजस्थित बिभिन्न लायन्स क्लवले संयुक्त रुपमा मंगलबार वीरगंज कारागारस्थित समता स्कुलका विद्यार्थीलाई जुत्ता, मोजा र स्टेशनरी सामग्री बितरण गरेका छन् । लायन्स क्लवका संस्थापक मेल्विन जोन्सको जन्मदिनको अवसरमा विद्यालयका ७८ विद्यार्थीलाई जुत्ता मोजा र स्टेशनरी उपलब्ध गराइएको हो । 
 उक्त अवसरमा लायन्स क्लवमा आबद्ध विनित जैसवाल, डिएन अग्रवाल, आकाश सर्राफ, मनोज बावरी, मनिष सिस्का, मनोहर टिवडेवाल लगायतकाले ती सामग्री हस्तान्तरण गरेका थिए । कारागारका जेलर गोपाल प्रसाद बराल, युवा समाजसेवी दिलिपराज कार्की लगायतकाले लायन्स क्लवले देखाएको मानवताको प्रशंसा गरेका थिए ।


पुस २९ पर्सा, नेपाल ब ̈लादेश बैंक वीरगंज शाखाले वीरगंज कारागारस्थित समता स्कुललाई पुस्तकालय संचालन गर्न मंगलबार बिभिन्न सामग्री बितरण गरेको छ । बैंकले कार्पेट, आधा दर्जन कुर्सी र १ थान किताब राख्ने दराज स्कुललाई उपलब्ध गराएको हो । शाखा प्रमुख प्रमिला मानन्धरले विद्यालयकी प्रिन्सिपल रविना खातुनलाई ती सामग्री हस्तान्तरण गरेकी थिइन् । 
मानन्धर, कारागारका जेलर गोपालप्रसाद बराल, बैंकका कर्मचारी चन्द्र ढुंगानाले कैदीबन्दीका छोराछोरी अध्ययन गर्ने स्कुललाई समाजले यसरीनै सहयोगी हातहरु अघि बढे विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धी हुने बताए । कार्यक्रमको सहजीकरण दिलिपराज कार्कीले गरेका थिए ।
Share this article :

Post a Comment