About

Blogroll

Friday, January 16, 2015

Home » » सेमेष्टर प्रणाली लागु नगरे आन्दोलन गर्छौ ः प्राईभेट कलेज एशोसिशयन

सेमेष्टर प्रणाली लागु नगरे आन्दोलन गर्छौ ः प्राईभेट कलेज एशोसिशयन

काठमाडौं, २ माघ । प्राईभेट कलेज एसोसिएसन नेपालले त्रिभुवन विश्व विद्यालयले खारेज गरेको सेमेष्टर प्रणाली तत्काल लागू नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एमविएस कार्यक्रम र सेमेष्टर प्रणाली विषयक अन्तक्रिया कार्यक्रममा एशोसियनले त्रिभूवन विश्वविद्यालय र विधार्थी संगठनहरुको मिलेमताको मारमा निजी कलेजहरु परेको समेत आरोप लगाएको छ । एसोसिएसनले पुर्वाधार नपुगेका कलेजलाई समेष्टर प्रणालीमा नलगिएपनि पुगेका कलेजहरुलाई सेमेष्टर चलाउन दिनुपर्ने माग गरेको छ ।

आफुहरुका मागालई सम्बोधन नगरिए आन्दोलन गर्ने समेत एसोसिएसनले चेतावनी दिएको छ । बोल्दै एसोसिएसनका सयोजक राजेन्द्र केसीले संसारभरी गुणस्तरीय मानिएको सेमेष्टर प्रणालीलाई तत्काल लागू गर्नुपर्नेमा जोड दिए । उनले त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालय बाहेक नेपालका सम्पूर्ण विश्वविद्यालयले सेमेष्टर प्रणाली लागू गरेको उदाहरण दिँदै भने–‘ हामी कुनैपनि हालतमा सेमेष्टर प्रणाली लागू गरेरै छाड्छौ, यदि गरिएन भने त्यसकोलागि हामी आन्दोलनमा समेत उत्रन तयार छौं ।’

कार्यक्रममा हिसानका उपाध्यक्ष रमेश सिलवालले त्रिभुवन विश्वविद्यालयले लागू गरेको सेमेष्टर प्रणाली तयारी नपुगेको भन्दै खारेज गर्नु घातक भएको गुनासो पोखे ।  हेनरी फोर्ड इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक पुस्कलराज पन्तले सेमेष्टर प्रणालीले विद्यार्थीको पढाईमा राम्रो हुने भन्दै यसलाई त्रिविले खारेज गर्न नहुने जिकिर गरे । उनले विश्वविद्यालयले ६ महिनाको सेमेष्टर लागू गर्ने र ७ महिनासम्म नतिजा दिने गरेकोले गुनासो गर्देे आफूले सेमेष्टर लागू गरेर आँफै खारेज गर्नु लज्जास्पद कुरा भएको  बताए ।
Share this article :

Post a Comment