About

Blogroll

Wednesday, January 14, 2015

Home » » चित्रवन नगरपालिकाको दोस्रो नगरपरिषद् सम्पन्न

चित्रवन नगरपालिकाको दोस्रो नगरपरिषद् सम्पन्न


पुस ३० गते वुधबार
शारदानगर । चित्रवन नगरपालिकाको दोस्रो नगरपरिषद् वुधबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा क्षेत्र नम्बर ४ का सभासद् रामकृष्ण घिमिरे रहेका थिए । त्यस्तै विशेष अतिथिमा स्थानीय विकास अधिकारी भरतमणी पाण्डे र नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ रहेका थिए । सो नगरपरिषद्बाट स्थानीय स्तरमा पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण निर्णयहरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत तथा परिषद्का सभापति रामचन्द्र अर्यालले जानकारी दिए ।

यस नगरपालिकाको समग्र विकासका लागि मझुवा र दियालो सामुदायिक वनलाई समेटेर नगरवनका रुपमा विकास गर्ने तथा वनगाई, हरैया, वेल्हवा, र बद्रेहनीक्षेत्रलाई समेटेर आदिवासी थारी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरिएको कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।त्यस्तै नेपालकै पूरानो सहकारी वखान सहकारी रहेको क्षेत्रमा राष्ट्रिय सहकारी संग्राहलय बनाउने निर्णय समेत भएको छ । वडा नम्बर ४ मा रहेको रानीपाखरीक्षेत्रको विकासका लागि पिकनिक स्पटका रुपमा विकास गर्ने निर्णय भएको उनले जनाए ।

परिषद्ले आगामी आर्थिक वर्ष २०७२, ०७३ का लागि कुल १० करोड ३ लाख वजेट अनुमान गरेको छ । जसमा आन्तरिक तर्फ १ करोड १३ लाख र पूँजीगत तर्फ ८ करोड ९० लाख वजेट अनुमान गरिएको छ । पूँजीगत खर्चतर्फ शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, पर्यटन र पूर्वाधार विकासमा खर्चने कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।
Share this article :

Post a Comment