चितवनमा प्रत्येक वर्ष चराको संख्या र प्रजाति घट्दै गएको पाईएको छ । गत एक सातासम्म चितवनका विभिन्न क्षेत्रमा विभिन्न संघसंस्थाको आयोजनामा गरिएको गणना कार्यमा चराको संख्या र प्रजाति घटेको पाईएको हो ।
सन् २०१४ मा ४९
प्रजातिका चराहरु पाईएको चितवनमा सन् २०१५ मा ४४ प्रजातिका चरा मात्र
गणनाका क्रममा भेटिएको वर्ड एजुकेशन सोसाईटी सौराहा चितवनका अध्यक्ष बासु
विडारीले जानकारी दिनुभयो । गत वर्ष देखिएका कैलो टाउके हाँस,लाल ठुडे
चखेवा,वेल्चा ठुडे हाँस,खोया हाँस र सुनजुरे हाँस यस वर्ष नदेखिएको उहाँले
वताउनुभयो । सन् २०१३ मा ५२ प्रजातिका चरा भेटिएका थिए । विडारीका अनुसार
यस वर्ष करिव १४ हजार मात्रै चराको संख्या पाईएको छ ।
गतवर्ष १४ हजार ७८ चरा रहेकोमा ६ हजार ७ सय ९५ पानीमा आश्रित चरा थिए भने यसवर्ष ५ हजार ६ सय ५९ वटा चरा पानी आश्रित रहेको पाईएको विडारीले जानकारी दिनुभयो । एक वर्षको अन्तरालमा चितवनमा ११ सय ३६ वटा चरा घटेको उहाँले बताउनुभयो । दिनप्रतिदिन पानी प्रदुषण हुनु, आहारको कमी हुनु, तालतलैया सुक्दै जानु चरा घट्नुको मुख्य कारण रहेको विडाँरीले बताउनुभयो ।

राप्तीनदि
ढुङ्ग्रे खोला, बुढी राप्ती, लामीताल, तमर ताल, गरुण ताल, विसहजारी ताल र
यसआसपासका तालहरुमा चरा गणना गरिएको थियो । प्रत्येक वर्षको जनवरी ११
तारिखदेखी २५ तारिख सम्म एसियामा चरा गणना गरिदै आएको छ । चितवनमा कुल ६ सय
२६ प्रजातिका चरा रहेको तथ्यांक छ ।
Post a Comment