काठमाडौं, माघ ४

प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सोमबारदेखि लागु हुने गरी
निशेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनका अनुसार संविधान सभा भवनको
पश्चिम गेटबाट नयाँ बानेश्वर चोक हुदै औषधि व्यवस्था बिभागसम्म तोकेको छ ।
यसअघि बानेश्वरकै एभरेष्ट बैंक अघिसम्म मात्र निषेधित क्षेत्र तोकिएको
थियो । यस्तै संविधान सभा भवन अघि अरनिको राजमार्गतर्फ यातायात ब्यवस्था
विभागको पूर्वी किनारा, निजामती अस्पतालको उत्तरपूर्वी किनारासम्म निषेधित
क्षेत्र तोकिएको छ । बानेश्वर चोक देखि शंखुमल जाने सडकतर्फ ५० मिटरसम्मको
क्षेत्र निषेधित हो । संविधान सभा भवन पश्चिम तर्फ ३ नम्बर गेटबाट थापा
गाउँ जाने अनमोल क्याटरिङ र भवनको उत्तर तर्फ निषेधित क्षेत्र घोषणा गरिएको
छ ।
योसंगै माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान
मन्दिरसम्मको क्षेत्र निशेधित हो । भद्रकाली मन्दिर देखी सिंहदरबारको मुख्य
गेट, सिंहदरबारको मुख्य ढोका देखी पद्मोदय मोडमा विरोधका कुनै कार्यक्रम
गर्न पाइँदैन । साथै बबरमहल स्थित जिलला अदालत प्रवेस मार्गदेखी जिल्ला
प्रशासन कार्यालय हुदै हनुमानस्थान मन्दिरसम्म निशेधित क्षेत्र हुन् । यी
बाहेक महाराजगञ्ज स्थित राष्ट्रपति कार्यालय कम्पाउण्डको प्रवेसद्वारको
उत्तर तर्फ ५० मिटर र दक्षिण तर्फ नेपाल प्रहरीको दुई नम्बर गण जाने
बाटोसम्मको क्षेत्रलाई निशेधित बनाइएको छ । उपराष्ट्रपति कार्यालय
कम्पाउण्ड आसपासको क्षेत्र निषेधित हो । प्रधानमन्त्री निवास बालुवाटार
आसपासका क्षेत्र पनि निषेधित हुन् । बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको
गेट देखी उत्तर रसियन दुतावास र त्यहाँबाट पानी पोखरी जाने सानो बाटोसम्म
निशेधित क्षेत्र हो । प्रधानमन्त्री निवाससँगै जोडिएको प्रधानन्याधीश
निवासदेखि ५० मिटर पश्चिम तर्फ आसपासका क्षेत्र समेत निषेधित हुन्।
Post a Comment