
यसअघि त्रिअविसहित विराटनगर, भैरहवा र नेपालगञ्जले रात्रिकालीन उडान भर्दै
आएका थिए भने हालैमात्र सिमरा विमानस्थल रात्रिकालीन उडानका लागि योग्य
भएको हो । क्यानले हवाई यातायातलाई जनताको पहुँचमा र प्रभावकारी बनाउने
उद्देश्यले विमानस्थलको सेवा विस्तार र आधुनिकीकरण गर्न लागेको छ । क्यानका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले मुलुकको पर्यटन प्रवद्र्धनका
लागि हवाई यातायातको महत्वपूर्ण भूमिका रहने हुनाले विमानस्थलको विस्तार
तथा आधुनिकीकरण गर्न लागिएको बताउनुभयो । महाप्रबन्धक सुमनका अनुसार आन्तरिक उडानतर्फ जनकपुर, धनगढी र सुर्खेतलाई
यसै आवभित्र रात्रिकालीन उडानका लागि योग्य बनाइने तथा त्रिअविसहित भैरहवा,
निजगण र पोखरा गरी चार वटा विमानस्थललाई २४ सै घन्टा सेवा दिनेगरी
अन्तर्राष्ट्रिय उडानयोग्य बनाउने योजनाअनुरुप काम अघि बढाइएको छ ।
चालु आवभित्र विराटनगर र नेपालगञ्ज विमानस्थललाई आधुनिकीकरण गरी क्षेत्रीय
‘हव’का रुपमा विकास गर्ने तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय ‘कार्गो
हव’का रुपमा स्थापित गर्ने क्यानको लक्ष्य छ ।
क्यानको विवरणअनुसार हालसम्म देशमा छवटा निर्माणाधीनसमेत गरी ५६ विमानस्थल
रहेका छन् भने ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ ।
Post a Comment