साँढे ५ लाख दर्शक , २२ करोडको कारोबार
चितवन, ४ माघ , नारायणी नदी किनार प्रदर्शनी सञ्चालन भएको १० औं चितवन महोत्सव आज आईतबार सम्पन्न भएको छ । आज आईतवार उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको थियो । १० दिनसम्म चलेको महोत्सव सोचेभन्दा उत्कृष्ट भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए ।
यो पटक महोत्सवमा साँढे ५ लाख दर्शकले अवलोकन गरेको र २२ करोड बरावरको आर्थिक कारोवार भएको महोत्सवका सहसंयोजक तथा चितवनका स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले बताए ।
१० औं चितवन महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अनुमान गरिएको थियो । महोत्सवले लक्ष्य नाघेकोमा आयोजक टिमनै खुसी भएको उवासंघ चितवनका पूर्व अध्यक्ष तथा आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले जानकारी दिए । पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन भएको चितवन महोत्सवमा यसपटक ४९० स्टल राखिएको थियो ।
उद्योग बाणिज्य संघ चितवन ,जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका , रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ लगायत स्टल राखिएको थियो । चितवनको समग्र आर्थिक , सामाजिक ,र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बालउद्यान परिसर भने छुट्टै राखिएको थियो । महोत्सवमा कृषि र पर्यटन विशेष बनाउँदै एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमी सहित विशेष प्रदर्शन गरिएको थियो । यसबर्ष पर्यटन र स्वास्थ्यको गुणस्तर व्यवस्थापन , पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार तथा साहित्यीक गोष्ठि भएको गोष्ठी तथा सेमिनार समितिका संयोजक डा तीलचन्द्र भट्टराईले बताए । यसबर्ष पहिलो पटक महोत्सवमा ।।।हेल्दी वेवी’ प्रतियोगिता भयो । पुस २०देखि माघ २ सम्म फुड फेष्टिवल तथा खेलकुद ,र्याफ्टिंग , मोटरवोट , आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन , दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम , कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना गरिएको थियो ।
महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने व्यवस्था मिलाईएको थियो । महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण गरिएको थियो भने शुरुका दुई दिन पयाराव्याटिक सो गरिएको थियो । विशेष योगदान गर्ने कार्यगत समितिका पदाधिकारीलाई सम्मान चितवन महोत्सव सफल पार्न उत्कृष्ट योगदान दिने कार्यगत समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । विषयगत समितिको जिम्मेवारी सँगसँगै समग्र महोत्सवलाई सफल पार्न अहोरात्र खटिने तीन जना कार्यगत समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
यसरी सम्मान पाउनेहरुमा चितवन महोत्सव २०६७ का संयोजक एवं १० औं चितवन महोत्सवका आर्थिक समिति संयोजक उत्तमलाल चुके , उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव स्टेरिंग कमिटीका सदस्य सचिव सहनलाल प्रधान र संघका प्रथम उपाध्यक्ष एवं महोत्सव निर्माण समितिका संयोजक राजु श्रेष्ठ रहेका थिए । उनीहरुलाई उद्योग मन्त्री महेश बस्नेतले प्रसंसापत्र प्रदान गरेका थिए । मुल आयोजक समितिका संयोजक कल्याण जोशीले अन्य कार्यगत समितिका पदाधिकारीहरुले पनि उत्तीकै भूमिका खेलेको भन्दै महोत्सव सफल बनाउन अहोरात्र खटिएकाले विगतकै निरन्तरता स्वरुप तीनजनालाई विशेष सम्मान गरिएको बताए ।
चितवन महोत्सव देशकै नमूना , अन्तराष्ट्रिय सभागृहका लागि चितवन उपयुक्त –मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले नेपालका मेला महोत्सवलाई मुल्यंकन गर्ने हो भने चितवन महोत्सव देशकै उत्कृष्ट महोत्सव भएको दावी गरेका छन् । सार्वजनिक नीजि साझेदारी मोडललार्इ आत्मसाथ गर्दै आएको यो महोत्सव उत्कृष्ट रहेको भन्दै यस्तो मोडललाई देशभर अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । दशौं चितवन महोत्सवको समापनका क्रममा प्रमुख अतिथी रहेका उनले चितवनमा अन्तरािष्ट्रय स्तरको सभागृह आवश्यक भएको उल्लेख गरे । चितवन अन्तराष्ट्रिय सभागृहका लागि उपयुक्त भएको समेत उनले दावी गरे । समग्र देशकै आर्थिक केन्द्र बन्दै गएको भन्दै उनले नीजि क्षेत्रलाई जग्गा खोज्न समेत आग्रह गरेका छन् । सभागृहका निर्माणका लागि सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो । गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना भएको क्षेत्र समेत उपयुक्त भएको उनको ठहर थियो । उनले औधोगीक क्षेत्रको व्यवस्थापनमा समेत सरकार लागेको भन्दै यसतर्फ पनि व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन् । विराटनगरलाई औधागिक क्षेत्र , चितवनलार्य कृषि क्षेत्र , पोखरालाई पर्यटन र विरगञ्जलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने जना बनाएको मन्त्री बस्नेतले जानकारी दिए । अबको संविधान पनि आर्थिक समृद्धिको पहिचानसँग जोडेर ल्याउनुपर्नेमा उनले जोड दिए ।मन्त्री बस्नेतले नीजि क्षेत्रसँग साझेदारी गर्दै सरकार अघि बढ्न तयार रहेको समेत बताए । समापनका क्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले राष्ट्रिय अर्थतन्त्रमै चितवन महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताए । चितवनको अग्रणी कृषी,पोल्ट्री,केरा,पर्यटन,शिक्षा र स्वास्थ्यले देशकै आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याएको उल्लेख गरे ।
चितवन महोत्सवले उद्यमशिलता बढाउने भन्दै उनले यही वर्षभित्र लोडसेडिब दुईघण्टामा झार्नेगरी काम भैरहेको जनाए । चितवन महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले सञ्चालन गरेको कार्यक्रममा महोतसवका सहसंयोजक तथा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा महोत्सवका सहसंयोजक भरतमणी पाण्डेले महोत्सवले आर्थिक सामाजिक , कृषि पर्यटन क्षेत्रमा ठोस योगदान दिएको बताए । सो क्रममा प्रायोजकहरुको तर्पmबाट मुख्य प्रायोजक टिसा ज्वेल्स एण्ड डायमन्डस्का प्रवन्ध निर्देशक जिडी पाण्डेले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सव सफल पार्न सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधि एवं कार्यगत समितिका पदाधिकारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।
उत्कृष्ट २३ स्टल पुरस्कृत
चितवन महोत्सव–२०७१ मा विभिन्न विद्यामा उत्कृष्ट भएका २३ वटा स्टल पुरस्कृत भएका छन् । स्टल मुल्याबकन समितिले महोत्सव परिसरमा रहेका ४ सय ९० वटा स्टल मध्य ती स्टलहरुलाई उत्कृष्ट स्टलबाट पुरस्कृत गरिएको हो । पुरस्कृत हुने स्टलहरुमा उद्योग तर्फ युनाईटेड वायर एण्ड केबल इण्डष्ट्रिज प्रा.लि प्रथम, नारायणी इन्जिनियरिब वक्र्स द्वितिय, युनाईटेड वेभरेज प्रा.लि तृतीय र हस्तकला नेपाल पं्रा.लि पनि तृतीय भएको स्टल मूल्याबकन समितिका संयोजक मित्रराज दवाडीले जानकारी दिए । यसैगरि व्यापार तर्फ प्रभा विद्युत् इम्पोरियम प्रथम, एयर केयर इण्टरप्राईजेज द्वितिय, युरेका ट्रेड एण्ड जनरल सप्लायर्स प्रा.लि तृतीय भएको छ । सूचना, सञ्चार तथा शैक्षिक संघसंस्था तर्फ शुभकामना इलेक्ट्रोनिक्स प्रथम, एब्सोलुट कम्प्युटर एण्ड मोबाईल द्वितिय र टु फोर सिक्स मोबाईल हाउस तृतीय भएको छ । यसैगरि पोल्ट्री तर्फ पोखरेल त्रिपाल उद्योग प्रथम र भेटेरीनरी हस्पिटल रिसर्च एण्ड ट्रेनिब सेन्टर प्रा.लि द्वितिय भएको छ । प्लाष्टिक तर्फ पिया प्लाष्टिक इण्डष्ट्रिज प्रथम भएको छ । यसैगरि रेष्टुरेण्ट तर्फ बाजेको सेकुवा प्रथम, वेलकम थकाली भान्छा घर एण्ड रेष्टुरेण्ट द्वितिय भएको छ । कृषित तर्फ मनकामना नर्सरी प्रथम, सुयल मौरीपालन तथा मह उत्पादन द्वितिय र अन्नपूर्ण बी कन्सर्न तृतीय भएको छ । अटोमोबाईल्स तर्फ त्रिशक्ति
ट्रेडर्स प्रथम र सिप्रदी ट्रेडिब प्रा.लि द्वितिय भएको महोत्सव स्टल मुल्याबकन समितिले जनाएको छ ।
त्यसैगरि अन्य सेवाहरु तर्फ चितवन जिल्ला क्रिकेट संघ प्रथम, एनएमबि बैंक लिमिटेड द्वितिय र कारागार कार्यालय तृतीय भएको छ । उनीहरुलाई समापन समारोहमा पुरस्कृत गरिएको थियो । यसैबीच चितवन महोत्सव २०७१ मा वातावरण प्रदुषण जोगाउन प्लाष्टिकको पुर्नप्रयोग गर्ने प्रविधिको प्रदर्शनी गरेबापत प्लाष्टिक व्यवसायी संघलाई विशेष प्रशंशा पत्रले सम्मान गरिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए ।
ट्रेडर्स प्रथम र सिप्रदी ट्रेडिब प्रा.लि द्वितिय भएको महोत्सव स्टल मुल्याबकन समितिले जनाएको छ ।
त्यसैगरि अन्य सेवाहरु तर्फ चितवन जिल्ला क्रिकेट संघ प्रथम, एनएमबि बैंक लिमिटेड द्वितिय र कारागार कार्यालय तृतीय भएको छ । उनीहरुलाई समापन समारोहमा पुरस्कृत गरिएको थियो । यसैबीच चितवन महोत्सव २०७१ मा वातावरण प्रदुषण जोगाउन प्लाष्टिकको पुर्नप्रयोग गर्ने प्रविधिको प्रदर्शनी गरेबापत प्लाष्टिक व्यवसायी संघलाई विशेष प्रशंशा पत्रले सम्मान गरिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए ।
Post a Comment