नेदरल्यान्ड्समाथि २ विकेटले विजयी

कामीले २८ बलमा ३ चौकाको मद्दतले २४ रन बनाएर ४८ ओभरको पहिलो
बलमा क्याच आउट भए । उनले ४४ औं ओभरमा २ र ४७ औं ओभरको १ चौका प्रहार गरे । ३९.५ औ बलमा बसन्त रेग्मी क्याच आउट भएका थिए । उनले १९ बल खेलेर एक
चौकाको मद्दतले ६ रन बनाए । रेग्मी आउट भउपछि शरद र सोमपालको जोडी क्रिजमा
टिकेको थियो ।
टिमका लागि ३० बलमा ३५ रन जोडेर बिनोद भण्डारीले महत्वपूर्ण योगदान गरेका
छन् । उनले १ चौका र ३ छका प्रहार गरे । कप्तान पारस खड्काले १९, सुवास
खकुरेलले १५ र सागर पुनले १३ रन बनाए । नरेश बुढाऐर १ रन र उपकप्तान
ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भएका छन् । खकुरेलले एक चौका हानेका थिए ।
नरेश र ज्ञानेन्द्र खेलको सुरुवातमै तेस्रो ओभरमै आउट भए । सुरुमै दुई
विकेटको क्षतिले नेपाल दवाबमा परेको थियाे ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सलाई नेपाली बलरले निर्धारित
५० ओभर सकिनु एक बल अगाडि अल आउट गरेको थियो । आज २ विकेट लिएर बसन्त
रेग्मी विश्व क्रिकेट लिमा १ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
शनिबार भएको पहिलो खेलमा युगान्डासँग २ रनले अप्रत्याशित हार व्यहोरेको थियो ।
Post a Comment