
मेहनत
बलरहरुले राम्ररी खेलेका छन्। ब्याट्सम्यानहरु पनि विस्तारै फर्ममा आउँदैछन् । यो लयलाई हामी निरन्तरता दिन चाहन्छौं पारस खड्का, नेपाली क्रिकेट टोलीका कप्तान नेपाली कप्तान पारस खड्काले जीतको श्रेय खेलाडीहरुको मेहनतलाई दिए । उनले भने, बलरहरुले राम्ररी खेलेका छन्। ब्याट्सम्यानहरु पनि विस्तारै फर्ममा आउँदैछन् । यो लयलाई हामी निरन्तरता दिन चाहन्छौं। नेपाली टोलीका प्रशिक्षक पुबुदु दशानायकले नामिवियासंगको जीत निकै महत्वपूर्ण भएको बताए । उनले भने, "केन्या विरुद्ध हुने अन्तिम खेल अगाडी नै म आफ्नो टोली दवावमुक्त भएको हेर्न चाहन्थे। त्यस्तै भएको छ। यो जरुरी थियो।" यसअघि खेलेको तीनवटै खेल जितेको आयोजक नामिवियालाई उनीहरुको घरेलु मैदानमा गाहो प्रतिद्वन्द्वी मानिएको थियो। तर बुधबार नेपाल विरुद्धको खेलमा भने दृश्य फरक बन्न पुग्यो ।
हावी
नेपाली बलरहरु सोचेजस्तै विपक्षी विरुद्ध हावी भएको देखिएको थियो भने ब्याट्सम्यानहरुले खेललाई दवावको स्थितिमा आउन दिएनन्। नेपाली बलरहरुले कुनैपनि बेला नामिवियाका ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएको देखिएन, र नामिविया १४२ रनमा सीमित हुन पुग्यो। नामिवियाका ३ जना खेलाडीहरु ५ ओभरमा आउट भएपछि विपक्षी क्याम्पमा खतराको संकेत देखिएको थियो। नेपालका करन केसीले ३ विकेट अनि सदावहार बलरहरु सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले दुई, दुई विकेट लिएका थिए।
जीत
नेपाली कप्तान पारसले अर्ध शतक पुरा गर्दै नेपाललाई जीततिर लगे। उनले ६४ रन बनाउने क्रममा ६ वटा चौका र ३ वटा छक्का प्रहार गरेका थिए। उनलाई उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाएर साथ दिए। यो जोडीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो। अन्तिममा विजय चौका भने बसन्त रेग्मीले हानेका हुन् । नेपालको अब शुक्रवार केन्यासंग लिगको अन्तिम खेल हुनेछ । सो खेलले शीर्ष दुई टोलीको निर्णय गर्नेछ ।
Post a Comment