बृहत शोभायात्रा
महोत्सवमा फेरी नयाँ आकर्षण थपियो
चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव शुक्रबारदेखि शुरु हुँदै छ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री शुशिल कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ ।
महोत्सव शुरुहुनु अघि विहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकी सहितको शोभायात्रा निकालिने मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । महोत्सवमा पुन दुई नयाँ कार्यक्रम थपिएको छ । विहिवारको निर्णय अनुसार महोत्सवमा सानो चिडियाखाना (मिनी जू) र डुंगा दौड प्रतियोगिता थप गरिएको हो ।
यसपटक प्रदर्शकको चापका कारण स्टलसंख्या थपेर ४९० पुर्याईएको र नयाँ टुर प्याकेज सहितका कार्यक्रम ल्याईएकाले महोत्सव उत्कृष्ट हुने आयोजकले दावी गरेको छ । महोत्सवमा नयाँ कार्यक्रम हेल्दी वेवी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण समेत हुने भएकाले यसपटक रौनक बढ्ने महोत्सव प्रबद्र्धन समितिका संयोजक सुमन श्रेष्ठले बताउनुभयोउद्योग बाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका , रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवलाई उच्च स्तरिय बनाउन सजावटलाई पनि विशेष ध्यान दिईएको महोत्सव परिसर निर्माण समितिका संयोजक राजु श्रेष्ठले बताए । यसपटक महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ स्टल राखिएको छ ।
६ विशेष सहित अन्यमा वैंक तथा वित्तीय संस्थाहरु, सरकारी र गैंरसरकारी संस्थाहरु, महिलासमुह चितवनमा आधारित उद्योगहरुका स्टल रहेको छ । चितवनको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजित महोत्सवमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमी सहित विशेष प्रदर्शन गर्न लागिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए । यसबर्ष पर्यटन र उत्पादित सामाग्रीको गुणस्तर व्यबस्थापन, पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार हुने तथा आर्थिक विकासमा जिल्लाका १३ जना सभासदहरुसँग अन्तरक्रिया समेत हुने गोष्ठी संयोजक डा तीलचन्द्र भट्टराईले बताए ।

२९ गते ।।।हेल्दी वेवी’ प्रतियोगिता ,माघ ३ र ४ गते तिसा ज्वेल्स एण्ड डायमण्स्को विशेष प्रदर्शन गरिने आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले बताए । महोत्सव अवधीमा पुस २९ देखि माघ २ गतेसम्म फुड फेष्टिवल सहित खेलकुद कार्यक्रम ,र्याफ्टिंग , मोटरवोट , आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन , दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम , कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना हुने छन् । महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने छ । पहिलो र दोस्रो दिन महोत्सवस्थल माथिको आकासमा पाराव्याटिक्स सो गरिने छ । २० करोड बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा सर्बसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । महोत्सवको आम्दानी नदी संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।
मिनी जू र डुंगा दौड थप आकर्षण
चितवन महोत्सवलाई प्रभावकारी बनाउन मिनी जू र डुंगा दौड प्रतियोगिता नयाँ कार्यक्रम अन्तरगत थपिएको छ । विहिवार मुल आयोजक समितिको बैठकले दुई नयाँ कार्यक्रम थपेको प्रदर्शक व्यवस्थापन समितिका संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार मिनी जू मा अष्ट्रिच र अष्ट्रिचको अण्डा ,चौंरी गाई , खरायो , लौकाट , टर्की ,यमु चरा लगायत अवलोकन गर्न सकिने छ । संघको परिसरमा रहेको बालउद्यानमा मिनी जू राखिने श्रेष्ठले बताए । यस्तै अर्काे नयाँ कार्यक्रमको रुपमा यही पुस २८ गते डुंगा दौड प्रतियोगिता थप गरिएको पर्यटन प्रवद्र्धन एवम् व्यवस्थापन समितिका संयोजक पुष्पनिधि लोहनीले बताए । उद्योग बाणिज्य संघ चितवनको बस्तुगत समितिका प्रतिनिधिहरुको सहभागितामा देवघाटदेखि महोत्सव परिसरसम्म नारायणी नदीमा डुंगा दौड गर्न लागिएको हो । महोत्सवको अन्य नयाँ आकर्षणका रुपमा हेल्दी बेवी प्रतियोगिता, पर्यटन टुर प्याकेज र महोत्सवको डिजिटल सर्वेक्षण रहेका छन् । स्पेन र आयरल्याण्डका तीनजना विशेषज्ञ पाईटलहरुबाट महोत्सवमाथिको आकासमा पाराव्याटिक्स सो पनि हुँदै छ । यस्तै टुर प्याकेजका कार्यक्रम अन्तरगत र्याफ्टिंग , चितवनको ज्ञानेश्वर वन, लामो झरना , चितवनकै अग्लो पहाड सिंराईचुली लगायत क्षेत्रमा जीप सफारीको कार्यक्रम राखिएको छ ।
विहान ८ बजे शोभायात्रा
चितवन महोत्सव शुरु हुनु अघि महोत्सव परिसरबाट शुत्रबार विहान बृहत शोभायात्रा निकालिंदै छ । विभिन्न जातजाती तथा समुदायको भेषभूषा र झाँकी सहितको यात्रा निकाल्न लागिएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक रजनी मास्केले जानकारी दिईन् । विहान ८ बजे महोत्सव परिसरबाट शुरु हुने शोभायात्रा लिलाचोक, दियालोरोड ,नारायणगढबसपार्क ,क्षयरोग चोक, प्रगतीपथ ,मिलनरोड, शहिदचोक,लायन्सचोक ,पुल्चोक ,मेनरोड हुँदै हरिहरमन्दिर चोकबाट महोत्सव परिसरमा पुगेर टुंगिने महोत्सव मुल समितिका संयोजक कल्याण जोशीले बताए ।
Post a Comment