रोटरी क्लब अफ रुद्रमतिको आयोजनामा आगामी पुस २६ गते शनिबार काठमाडौंको टुँडिखेलमा मोबाईल फ्याँक्ने प्रतियोगिता हुने भएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुगु जिल्लामा ग्रामिण सञ्चार विस्तार गर्ने उद्येश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको अभियानका संयोजक डा. तत्व तिम्सिनाले जानकारी दिएका छन्।
तिम्सिनाले विगट जिल्लाहरुमा सञ्चार प्रवाह गर्न उक्त प्रतियोगिताले टेवा पुर्याउने पनि विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा हुने उक्त प्रतियोगिताको उद्घाटन भने उद्योगमन्त्री महेश बस्नेतले गर्ने आयोजकले जनाएको छ ।
उनका अनुसार प्रतियोगितामा करिव २ सय जना प्रतिस्पर्धीहरुले सहभागी जनाउने भएका छन् । प्रतियोगिता तीन चरणमा बाँडिएको छ । पहिलो चरणमा चौध वर्ष मुनिका बच्चाहरु समावेश हुनेछन् भने दोस्रो चरणमा पुरुष ईभेन्ट र तेस्रो चरणमा महिला ईभेन्ट हुने आयोजकले जनाएको छ । दाताहरुबाट हालसम्म ६० वटा मोबाईल संकलित भएको पनि आयोजकले जनाएको छ ।
आयोजनाका सह–आयोजक किशोर त्रिपाठीका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई नयाँ ईन्टेक्स मोवाईल दिईने छ । सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई रोटरी क्लब अफ रुद्रमतिको तर्फबाट प्रमाणपत्र वितरण गरिने उनले जनाए ।

Post a Comment