About

Blogroll

Tuesday, December 23, 2014

Home » » नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

नेत्रहीन महिला क्रिकेट टोली सम्मानित

काठमाडौ, पुस ९ - सरकारले महिला नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको छ । दसैंलगत्तै नेपालले इंग्ल्यान्डसँग तीन खेलको मैत्रीपूर्ण शृंखला खेलेको थियो । नेपाल नेत्रहीन क्रिकेट संघले यसलाई विश्वकै पहिलो महिला नेत्रहीन क्रिकेट भएको दाबी गरेको थियो ।
महिला नेत्रहीन क्रिकेट टोली बनाउने नेपाल विश्वकै पहिलो महिला टोली हो । भगवती भट्टराईको कप्तानीमा रहेको नेपालले बि्रटिस टोलीसँगको शृंखला ३-० ले जितेको थियो । सरकारले यही कारण नेपाली टोलीका १५ खेलाडी तथा चार अफिसियललाई जनही १५ हजार प्रदान गर्ने घोषणा गरेको थियो । मंगलबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नगद र ताम्रपत्रले सम्मान गरे ।
मन्त्री पौडेलसहित मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल, सरकारले गठन गरेको नेपाल क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विनयराज पाण्डे, महासचिव रमेश सिलवाललगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए । नेपाली टोलीकी उपकप्तान गीता पौडेलले पहिलोपटक पाएको यस्तो सम्मानले अझ केही गर्न सकिन्छ भन्ने हौसला बढेको छ ।
नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले सम्मानपछि भने, 'दृष्टिविहीन भनेको पूर्णविराम होइन, यस्तो सम्मानले नेपाली संस्करणमा परिवर्तन ल्याउन सहयोग गर्छ ।'
Share this article :

Post a Comment