काठमाडौ, पुस ८ -
२४ घण्टे अल्मिेटम भित्र सरकारले सवारी साधनको भाडा घटाउने निर्णय नलिएपछि
संयुक्त विद्यार्थी संगठनले भोलिदेखि आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा भाडा घटाउनु पर्ने माग
गर्दै सोमबार सरकारलाई अल्मिेटम दिएका थिए ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द निधि र मुख्य सचिव
लिलामणि पौडेलसँग भएको छुट्टा-छुट्टै वार्तामा भाडा घटाउने विषयमा ठोस
सहमति हुन सकेन । अनेरास्ववियूका अध्यक्ष किशोर बिक्रम मल्ल वार्तामा
नीतिगत कुरामा सहमति भएपनि भाडा कति घटाउने विषयमा सरकारी टोली प्रष्ट भएर
आउन नसकेको बताए । उनले भोलि-१२ बैठक बसेर आन्दोलनको थप कार्यक्रम ल्याइने
जनाए । 'हामीलाई विश्वास छ, भोलि हाम्रो बैठक अगाडि नै सरकारले भाडा घटाउने
निर्णय लिने छ,' उनले भने ।
भाडा घटाउन दवाब दिन विद्यार्थी संगठनहरुले क्याम्पस अगाडि प्रदर्शन र
सरकारी सवारी साधन संचालनमा रोक लगाउने आन्दोलनको कार्यक्रम गरिरहेका छन् ।
'पैसामा होइन रुपैयाँमा भाडा घटेको अनुभूति हुनुपर्यो,' नेविसंघ प्रवक्ता
यूपी लामिछानेले भने-'हाम्रो मागको ठोस सुनुवाई नभएकाले भोलिबाट आन्दोलनको
थप कार्यक्रम तय गर्नेछौं ।' विद्यार्थी संगठनले भाडा घटाउनुपर्ने मागसँगै
४५ प्रतिशत विद्यार्थी सहुलियत कडाईका साथ कार्यान्वयन हुनुपर्ने माग समेत
राखेको छ ।
Post a Comment