About

Blogroll

Wednesday, December 24, 2014

Home » » डिभिजन टु जिते १० लाख :सरकार

डिभिजन टु जिते १० लाख :सरकार

पुस ९, काठमाण्डौ

विश्व क्रिकेट लिग डिभिजन टु जित्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही १० लाख रुपैंया दिने घोषणा सरकारले गरेको छ । डिभिजन थ्री विजेता नेपाली टोलीको सम्मानमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सो योजना सार्वजनिक गर्नुभएको हो । 
मन्त्रिपरिषद्को हालैको बैठकले मलेसियामा सम्पन्न प्रतियोगिताको विजेता टोलीका सदस्यलाई जनही एक लाख रुपैंया दिने निर्णय गरेको थियो । खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले क्रिकेटको विकासका लागि सरकार सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । 
नेपाली टोलीका क्याप्टेन पारस खड्काले मुलुकका क्रिकेटको संरचना र संस्कारको विकास गर्न जरुरी रहेको बताए । प्रतियोगिता जित्दा मात्रै खेलाडीलाई स्याबासी दिनुको साटो समग्र क्रिकेटको विकासमा सम्बन्धित निकायको ध्यान जानुपर्ने उनको भनाई थियो । नामिबियामा हुने डिभिजन टु मा आफूहरुले सक्दो मिहेनत गर्ने बाचा उनले गरे । 
राष्ट्रिय टोलीका सबै सदस्यलाई नगद पुरस्कार दिने भनिएपनि नेपाल क्रिकेट संघ क्यानले सहायक प्रशिक्षक जगत टमाटाको नाम मन्त्रालयमा नपठाएकाले उनले पुरस्कार रकम बुझ्न पाएनन् । मन्त्रालयका प्रवक्ता चुडामणि पौडेलले छिट्टै अर्को व्यवस्था गरेर टमाटालाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।
त्यस्तै निलम्बित क्यानका प्रतिनिधि भन्दै टीम म्यानेर दीपक साउदलाई पनि पुरस्कार रकम उपलब्ध गराइएको छैन । सरकारले निलम्बन गरेको क्यानका प्रतिनिधिलाई पुरस्कृत गर्न नमिल्ने मन्त्रालयले स्पष्ट पारेको छ ।  
- See more at: http://www.radiokantipur.org/kantipur-diary/13907/%e2%80%8b%e0%a4%a1%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%9c%e0%a4%a8-%e0%a4%9f%e0%a5%81-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%87-%e0%a5%a7%e0%a5%a6-%e0%a4%b2%e0%a4%be%e0%a4%96-:%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0/?utm_medium=facebook&utm_source=twitterfeed#sthash.SHte8Vx0.dpuf
Share this article :

Post a Comment