About

Blogroll

Wednesday, December 24, 2014

Home » » विश्व बैंकद्धारा १३ अर्ब बराबर ऋण सहयोग प्रस्ताव पारित

विश्व बैंकद्धारा १३ अर्ब बराबर ऋण सहयोग प्रस्ताव पारित

काठमाडौं, पौष ८ । विश्व बैंकले नेपालमा सौर्य उर्जा प्रशारण र उर्जा प्रभावकारिता परियोजाका लागि झन्डै १३ अर्ब बराबरको ऋण सहयोगको प्रस्ताव पारित गरेको छ ।

नेपालको आर्थिक विकासको प्रमुख बाधकका रुपमा रहँदै आएको उर्जा संकट न्यूनीकरणका लागि बैंकको वासिङटनस्थित कार्यालयले १३ करोड अमेरिकी डलरको ऋण सहयोग प्रस्ताव पारित गरेको जानकारी गराइएको हो ।
/>
सौर्य उर्जालाई केन्द्रीय विद्युत प्रशारण लाइनसँग जोडी विद्युत् आपूर्ति बढाउने र प्रशारणका क्रममा हुने विद्युत् चुहावट कम गर्ने परियोजनाको प्रमुख उद्देश्य रहेको छ ।

परियोजनाअन्तर्गत २५ मेगावाट क्षमता सम्मका सौर्य उर्जा केन्द्र निर्माण गरी केन्द्रीय प्रशारण लाइनमा जोड्नेसम्बन्धी काम गर्ने र प्राधिकरणका निश्चित केन्द्रहरुमा चुहावट नियन्त्रणसम्बन्धी योजनाहरु सन्चालन गरिने जनाइएको छ ।

६ वर्षसम्म विशेष सहुलियत रहने ऋण सहयोगको अवधि ३८ वर्षसम्म रहेको छ । - See more at: http://imagekhabar.com/samachar/detail/44141/30/.shtml#sthash.5sMD1vTZ.dpuf
Share this article :

Post a Comment