About

Blogroll

Sunday, February 15, 2015

Home » » ग्यास अभाव हट्दै गएको सरकारको दावी

ग्यास अभाव हट्दै गएको सरकारको दावी

फागुन ३–सरकारले ग्यास अभाव हट्दै गएको दावी गरेको छ । केहीदिनमा पूर्णरुपमा अभाव हट्ने संसदलाई जानकारी गराएको छ । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले ग्याँस अभाव अब हट्दै जाने बताउनुभयो । संसदको सुशासन तथा अनुगमन समितिले ग्याँसको अभावबारे छलफल गर्न बोलाएको बैठकमा मन्त्री थापाले अब ग्याँस अभाव हट्दै जाने र सरकारले पनि अनुगमनलाई प्रभावकारी बनाउने दावी गर्नुभयो । नेपालका ७३ जिल्लामा ग्याँसको प्रयोग हुन थालेको तर मागको तुलनामा आपूर्ति कम भएकाले समस्या परेको बताउनुभयो । प्रतिसिलिन्डर ग्याँसमा अहिले ३८ रुपयाँ घाटा रहेको पनि मन्त्री थापाले जानकारी गराउनुभयो । सांसदहरुले भने ग्यांस अभाव भएकोमा सरकारको सरकारको चर्को आलोचना गरेका छन् । सरकार नागरिकलाई ग्यास दिन सक्षम बनेको भन्दै तत्काल ग्यास उपलब्ध गराउन माग गरे । ग्यासका विषयमा सरोकारवालासँग समितिले छलफल गरेको छ ।
Share this article :

Post a Comment