फागुन ३,
स्वीस बैंकमा राखेको नेपालीको पैसा बारे सरकारले अनभिज्ञता प्रकट
गरेको छ । व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको बैठकमा गर्भनर
खतिवडाले स्वीस बैंकमा राखेको पैसाका विषयमा जानकारी नभएको बताउनुभयो ।
राष्ट्रिय बार्णिज्य बैंकको स्वीकृति विना कसैले पनि विदेशमा रकम जम्मा
गर्न नपाउने बताउनुभयो । उहाँले त्यसरी रकम जम्मा गर्न अनुमति पनि कसैले
नलिएको बताउनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले कोडको
आधारमा रकम जम्मा गर्न सक्ने भएपनि व्यक्ति को हो भन्ने थाहा नभएको गर्भनर
खतिवडाको भनाई छ । स्वीजरल्याण्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ करोड ४०
लाख अमेरिकी डलर कालो धन भेटिएको सार्बजनिक भएपछि अर्थसमितिले त्यसबारे
छलफल गर्न गर्भनरलाई बोलाएको हो ।
Post a Comment