सौराहा,फागुन,२–
६ बुँदे सौराहा घोषणा
पत्र जारी गर्दै नेपाल सुनचादी व्यवसायी सहासंघको दोश्रो साधरण सभा तथा
राष्ट्रिय सम्मेलन आज सकिएको छ । महासंघले सौराहामा पत्रकार सम्मेलन गरी
राष्ट्रिय सम्मेलनले अख्तीयार गरेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो
। महासंघले जारी गरेको घोषणपत्रमा सुनचादी गरगहन उत्पाद तथा विक्री
वितरणको लागि आचारसंहित बनाएर लागु गर्ने जनाईएको छ । महामसंघले स्वच्छ
सुनचादी व्यवसायको अवधारणलाई अवलम्वन गर्दै सुनचादीको अवैध कारोवारलाई
निरुत्साहित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । त्यसैगरी अवैध
पैठारीको प्रवेश नाकामा नियन्त्रण गर्न सरकारसंग माग गर्दै यसका लागि
आवश्यक सहयोग र सहकार्य गरी अगाडि बढने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कमिसनको लोभमा परी व्यवसायीलाई सुनचादी र गरगहना एक ठाउँवाट अर्को ठाउँमा
लैजादा धरपटकट नर्गन सरकारसंग माग गरिएको छ । सरकारले करको सवालमा कसिलो
नीति बनाई व्यवसायीलाई अफ्ठ्यारोमा पारेकोले सरल नीति बनाएर व्यवसाय
सञ्चालन गर्ने वातावरण सृजना गर्न महासंघले सरकारसंग आग्रह गरेको छ । साधरण
सभा तथा राष्ट्रिय सम्मेलनले अख्तीयार गरेको नीति तथा कार्यक्रमलाई
प्रभावकारी तरिकाले कायान्वयन गरी नेपालको सुनचादी व्यवसायलाई विश्वासनिय
बनाईने महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । शुक्रवारवाट सुरु
भएको दोश्रो साधरण सभा तथा राष्ट्रिय सम्मेलनको उपप्रधानमन्त्री प्रकासमान
सिंहले उद्घाटन गर्नुभएको थियो । साधरण सभाको बन्दसत्रले आर्थिक,वार्षिक
तथा भाविकार्ययोजना सवैसम्मतिले पारित समेत गरेको अध्यक्ष शाक्यले
बताउनुभयो ।
Post a Comment