रत्ननगर,फागुन,3 – रत्ननगरमा रहेका
सुकुमवासी समुदायका वालवालिकाहरुलाई सुचना सुचनाको महत्व र समुदायको
विकासको लागि सुचनाले खेल्ने भूमिकाका वारेमा प्रशिक्षण दिईएको छ । लुमन्ती
आवासका लागि सहयोग समुह रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा सातवटा
वालसमुहका ३५ जना वालवालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा लुमन्ती
आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत्र संयोजक सिंहबहादुर
लामा,लुमन्तीकी सामुदायिक सहजकर्ता कमला पन्थी र पूर्वी चितवन पत्रकार
मञ्चका अध्यक्ष होमनाथ सापकोटाले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताहरुले
विद्यार्थीहरुलाई सुचनाको महत्व,सुचनाले समुदायमा पर्ने प्रभाव,वालपत्रिका
प्रकासन लगायतका विषयमा सहजीकरण गरेका थिए । वालसमुहमा आवद्ध
वालवालिकाहरुलाई सुचनाको वारेमा जानकारी गराएर उनीहरुलाई वालपत्रिका
निकाल्न र समुदायमा सुचनाको प्रभावकारिता बढाउन प्रशिक्षण कार्यक्रम आयोजना
गरिएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिहबहादुर लामाले बताउनुभयो ।
कार्यक्रम लुमन्तीका कार्यक्षेत्र संयोजक सिहबहादुर लामाको अध्यक्षतामा
सम्पन्न भएको थियो ।
Sunday, February 15, 2015
Home »
Local News
» विद्यार्थीलाई सुचनाको महत्ववारे प्रशिक्षण
विद्यार्थीलाई सुचनाको महत्ववारे प्रशिक्षण
Labels:
Local News
Subscribe to:
Post Comments (Atom)
Post a Comment