About

Blogroll

Sunday, February 15, 2015

Home » » एक हप्ते पेडागोजि तालिम आजबाट सुरु

एक हप्ते पेडागोजि तालिम आजबाट सुरु

विनरक इन्टरनेशनल फार्मर टु फार्मर भोलुन्टर कार्यक्रम अन्तर्गत रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई कोर्ष निमाण, प्लालिनंग एक हप्ते पेडागोजिको तालिम आज सुरु भएको छ । यो तालिम अध्यापन जीवन सुरु गर्न लाग्नुभएका र भविष्यमा विश्वविद्यालयको नेतृत्व वगर्न लाग्नुभएका नयाँ अनुहारहरुलाई अत्यन्त आवश्यक र फाइदाजनक रहेको कृषि संकाय डिन प्रा डा डिल्लि बराल तथा कार्यक्रमका प्रमुख अतिथिले बताउनुभएको हो । कार्यक्रम निरन्तर शिक्षा निर्देशनालयका निर्दशक प्राध्यापक मोहन शर्माको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमको सहजिकरण यु एस ए आइडि फार्मर टु फार्मर कार्यक्रमका स्वयंसेवकहरु प्रा रिचार्ड ए एडवार्डस र प्रा म्यारी एडवार्डसले गर्नुहुने छ । टेक्सास विश्वविद्यालयमा तीस वर्ष प्राध्यापन गरिसक्नुभएका एडवार्डसद्वयले कृषि तथा वनका प्राध्यापकलाई कसरी विद्यार्थिहरुलाई आफू प्रति आकर्षित गर्ने, कोर्ष विभाजन गर्ने र समयमा कसरी कक्षा संचालन गर्ने लगायतको रचनात्मक तरिका आफुले सिकाउने बताउनुभयो । कार्यक्रममा प्रा. दैनिक बहादु नेपाली, प्राध्यापक. मोहन शर्मा, विनरक इन्टरनेशनलका अनुगमन तथा मुल्यांकन विशेषज्ञ छन भट्टचन, कृषि तथा वन विषय अध्यापनरत शिक्षक शिक्षिका लगायतको सहभागि रहनुभएको थियो । कार्यक्रम विश्वविद्यालयको निरन्तर शिक्षा निर्देशनालयको संचालन र विनरक इन्टरनेशलनको संयोजनमा भएको हो ।
Share this article :

Post a Comment