About

Blogroll

Sunday, February 15, 2015

Home » » दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न

दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न

चितवन,फागुन ३–
नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन शाखाले कास्कीमा दुई दिने मुटुरोग तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । कास्कीको सर्दी १ मुर्जुङ खोला स्थित माछापुच्छ्रे उच्च मावीमा आयोजीत शिविरमा सोहि विद्यालयमा अध्यायनरत एक हजार तीस जना विद्यार्थीहरुको मुटुरोग परिक्षण गरिएको थियो । माघ २९ र फागुन १ गते संचालित शिविरमा दुई सय ३८ जना जेष्ठ नागरिकहरुको पनि स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठानका जिल्ला सभापति भोजराज कौडालले जानकारी दिनुभयो । चितवनका न्यायाधीश विनोदमोहन आचार्य प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका जिल्ला सभापति ई भोजराज कौडाल विशेष अतिथी रहनुभएको थियो । कार्यक्रम माछापुच्छ्रे उच्च मावीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वज्रमोहन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा डा केशव आचार्य, डा शारदा कँवर, डा सन्तोष भुषाल, डा विपिन खनाल, डा निगम सेढाई र स्वास्थ्यकर्मी वद्री घिमिरे, गिता घिमिरे, मञ्जु दुराको मेडिकल टिमले स्वास्थ्य परिक्षण गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका जिल्ला उपसभापति रेशमलाल श्रेष्ठ, कोषध्यक्ष अशोक अधिकारी, सह कोषाध्यक्ष हर्षमान श्रेष्ठ, सदस्यहरु संजय गुप्ता, रिता कौडाल, वार एशोसिएसन चितवनका अध्यक्ष चुडामणी सापकोटा, पुर्व अध्यक्ष जगन्नाथ मण्डारी, अधिवक्ता फुलमायाँ रानाभाटलगायतको सहभागिता रहेको थियो ।
Share this article :

Post a Comment