सौराहा क्षेत्रमा विद्युतीय तारवारको काम सुरु

चितवन,फागुन ३–वन्यजन्तुलाई गाउँमा
छिर्नवाट रोक्न बछौली र सौराहा क्षेत्रमा विद्युतीय तारवारको काम सुरु
गरिएको छ । झण्डै सात बर्ष अधि लगाईएको विद्युतीय तारवार विग्रिएर गाउँमा
गैंडा र हात्ती पसेर क्षेर्तिपु¥याउन थालेपछि स्थानीयको पहलमा विद्युतीय
तारवास लगाउन सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जवाट मकवानपुरे नाम
गरेको गैंडा र रोनाल्डो नाम गरेको जंगली हात्ती गाउँ पसेर अन्नवाली र घरनै
भत्काउन थालेपछि स्थानीयवासीले नियन्त्रणको लागि निकुञ्ज र मध्यवर्ती
उपभोक्ता समितिलाई पटक पटक आग्रह गरेका थिए । तत्कालको लागि निकुञ्जको
प्रेवेशद्वार देखि कुमरोज र बछौली जोडने पुल सम्म चार मिटर विद्युतीय तारवर
गर्न सुरु गरिएको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष
मोती सापकोटाले जानकारी दिनुभयो । बाघमारा मध्यवर्ती सामुदायिक वन,जनकौली
मध्यवर्ती सामुदायिक वन,तराई भू परिधि कार्यक्रम,राष्ट्रिय प्रकृति संरक्षण
कोष र चितवन राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा चार किलो मिटरमा
विद्युतीय तारवर गर्न लागिएको हो । पाँच लाखको लगानीमा शौर्य उर्जा सहितको
विद्युतीय तारवार गर्न लागिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका
अध्यक्ष बासुदेव ढुंगानाले बताउनुभयो । सात बर्ष अधि लगाईको विद्युतीय
तारवर व्यवस्थापनको अभावले काम नलाग्ने भएपछि फेरी निकुञ्ज र बस्तीको
सिमानमा विद्युतीय तारवार गर्न लागिएको हो । गाउँमा गैडा पसेर वालीनाली
सखाप पर्ने र जंगली हात्ती पसेर घर भत्काउने गरेको थियो ।
Post a Comment