About

Blogroll

Sunday, February 15, 2015

Home » » एमाओवादकिा कारण समस्या भएको सत्तासिन दलको भनाइ

एमाओवादकिा कारण समस्या भएको सत्तासिन दलको भनाइ

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivQAyObwKsOXibRt7i-RDQPpmPjZkvQpCeTvQEcrp9xNMhcOwj9KAmyMEzhLU45E-uTfXeRcK-Cy4yJbiOGnKmscGyHKOglt_0c3gYmyLuhm7lVzrLrlaN_MwERe9cagKKq6WH-eWZrWc/s1600/download+(1).jpgफागुन ३– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कार मानेता केसीले संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको बताउनुभयो । अल्पमतले बहुमत माथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको विउ नरोप्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले लोकतान्त्रिक विधि मान्छुभन्ने एमाओवादीले प्रक्रियान मान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्नेबेला समानान्तर सरकार निर्माण जस्तो कुरा गर्नै नहुने बताउनुभयो ।  नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले माघ ५ गते सहमतिबाट अघि बढे  निकास आउन सक्ने बताउनुभयो । उहाँले प्रचण्डले दोधारे गरेकाले समस्या भएको बताउनुुहुँदै ज्ञावलीले विपक्षी मोर्चाको मागअनुसार नै संविधानसभाको बैठक स्थागित गरेको दावी गर्नुभयो । राप्रपा नेपालका प्रमुख सचेतक दिनानाथ गिरीले  संविधानसभामा कसैको पनि स्पष्ट बहुमतन भएको अवस्थामा सर्वसहमति हुन नसक्ने भएकोले प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको दावी गर्नुभयो । उहाँले अब प्रक्रियाबाट संविधानजारी गर्ने विधिमा अघि बढ्न आग्रहगर्दै प्रक्रियामा काँग्रेस र एमाले अडिग हुनुपर्ने तर्क गर्नुभयो ।
Share this article :

Post a Comment