फागुन ३– संविधान निर्माण प्रक्रिया स्थगनको माग गरिहेको एमाओवादी
नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ
गरेको छ । विपक्षी मोर्चाले सहमतिमा संविधान ल्याउनुपर्ने
माग गर्दै जिल्ला प्रशासन घेराउ गरेको हो । काठमामाण्डु उपत्यका सहित
देशभरीका कार्यालय घेराउ गरेको मोर्चाले जनाएको छ ।सत्तारुढ नेपाली
काँग्रेस– नेकपा एमालेले जबरजस्ती संविधान ल्याउन खोजेको आरोप लगाउँदै
विपक्षी आन्दोलनमा छन् । पहिलो चरणमा देशव्यापी सभा गरिरहेको विपक्षीले
सत्तापक्षलाई थप दवाब दिन जिल्ला प्रशासन घरेका हुन् । संविधानसभामा
प्रश्नावली समिति गठन गर्दै अंक गणितको खेलमा सत्तापक्ष लागेको भन्दै
विपक्षी मोर्चा आन्दोलिन भएका हुन् ।
Sunday, February 15, 2015
Subscribe to:
Post Comments (Atom)
Post a Comment